१५औं यल कप असोज अन्तिममा

ललितपुर जिल्लाका विभिन्न क्लब तथा व्यक्तिको सहभागिता रहने प्रतियोगिताको कुल लागत ४० लाख रहेको आयोजकका दीपक कुमार वज्राचार्यले बताएका छन् ।

भाद्र ८, २०८२

कान्तिपुर संवाददाता

15th Yall Cup October last

काठमाडौँ — स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सुरु भएको ललितपुर जिल्लास्तरीय यल कप ब्याडमिन्टनको १५ औं संस्करण असोज २५ देखि हुने भएको छ । ललितपुर वडा नम्बर ७ का अध्यक्ष कुलबहादुर महर्जनले ५० दिनको काउन्टडाउन सुरु गरु गरेका छन् ।

कात्तिक १ सम्म चल्ने प्रतियोगितामा सञ्चालनका लागि निर्देशकमा सुनिल शाक्य, रेफ्रीमा अनुपरत्न शाक्य र म्याच कन्ट्रोलमा सुमित शाक्यलाई नियुक्ति गरेर पत्र हस्तान्तरण गरिएको छ । १४ औं संस्करणमा वडा ७ उपविजेता बनेको थियो ।

वडा अध्यक्ष महर्जनले प्रतियोगितालाई व्यवस्थित रुपमा सम्पन्न गर्न र तयारी गर्न वडाले १० लाख बजेट छुट्याएको र आवश्यक परे थप सहयोग गर्ने जनाएका छन् । ललितपुर जिल्लाका विभिन्न क्लब तथा व्यक्तिको सहभागिता रहने प्रतियोगिताको कुल लागत ४० लाख रहेको आयोजकका दीपक कुमार वज्राचार्यले बताएका छन् । प्रतियोगिता भिंछेबहालस्थित मयूरवर्ण महाविहारको ब्याडमिन्टन कोर्टमा हुनेछ ।

कान्तिपुर

Link copied successfully