आयोजक न्यु जेनिथको कोर्टमा स्वर्णिमले ग्यालेक्सी पब्लिकलाई १८–११ ले हरायो ।
काठमाडौँ — स्वर्णिम र ज्ञान निकेतन तेस्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार क्वाटरफाइनल पुगेका छन् ।
आयोजक न्यु जेनिथको कोर्टमा स्वर्णिमले ग्यालेक्सी पब्लिकलाई १८–११ ले हरायो । स्वर्णिमको जितमा प्रतीक महर्जनले ८ स्कोर गरे । महेन्द्र प्याकुरेलको १६ स्कोरमा ज्ञान निकेतनले भ्याली भ्यूलाई ५४–४० ले हरायो ।
सिनियर ब्वाइजमै पिपुल्स एकेडेमीले आनन्दकुटीलाई ३२–१२, कश्यपले न्यु जेनिथलाई २५–२०, पुष्पसदनले मनास्लुलाई ५६–४४, राराहिलले बेबीलनलाई ३७–२१, ब्राइट होराइजनले युरो स्कुललाई ५२–३६ र कन्स्टिलेसनले एनआईसी एकेडेमीलाई ४०–२० ले हराएर क्वाटरफाइनल सुरक्षित गरे ।
सिनियर गर्ल्सको क्वाटरफाइनलमा रिब्सले जेसिस, स्वर्णिमले रेडियन्ट पब्लिक, केसीसीएस र राराहिल तथा ग्यालेक्सीले युरो स्कुलको सामना गर्नेछन् । दुवै समूहको क्वाटरफाइनल आइतबार हुनेछ ।
