ललितपुर क्विन्सलाई आईएमई जनरलको साथ

दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म पोखरामा हुनेछ ।

भाद्र ७, २०८२

कान्तिपुर संवाददाता

Lalitpur Queens with IME General

काठमाडौँ — वात्सल्य एभरेस्ट महिला भलिबल लिगका लागि ललितपुर क्विन्स र आईएमई जनरल इन्स्युरेन्सबीच प्रायोजन सम्झौता भएको छ ।

ललितपुर क्विन्सका अध्यक्ष रमेश पराजुली र आईएमई जनरलका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म पोखरामा हुनेछ ।

सम्झौताअनुसार ललितपुरले जर्सीमा आईजीआईको लोगो प्रयोग गर्नुका साथै प्रचारप्रसारमा सहयोग गर्नेछ । ललितपुर क्विन्सलाई भलिबलमार्फत साथ दिन पाउँदा आईजीआई खुसी रहेको र प्रतियोगितामा ललितपुरको उच्च प्रदर्शन रहनेमा आफूहरू विश्वस्त रहेको सीईओ श्रेष्ठले बताए ।

क्लबका अध्यक्ष पराजुलीले सम्पूर्ण आईजीआई परिवारलाई धन्यबाद व्यक्त गर्दै टोलीको प्रदर्शन यो संस्करण पनि उत्कृष्ट रहने प्रतिबद्धता जनाए । उत्सव खड्काको प्रशिक्षणमा रहेको ललितपुर क्विन्सको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ छिन् । ललितपुरले अक्सनबाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई लिएको थियो । सागकी स्वर्ण पदकधारी आयशा शाक्यलाई गुडविल एम्बासडरमा बनाएको छ ।

कान्तिपुर

Link copied successfully