मधेश युनाइटेडमा तीनै खेलाडी नेदरल्यान्ड्सको

मधेशले वेसेल्सलाई तेस्रो विदेशी खेलाडीको रूपमा घोषणा गरेको हो । यसअघि मधेशले नेदरल्यान्डकै रोमी भिनस्ट्रा र डानिक आर्डेमालाई अनुबन्धित गरेको थियो ।

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

All three players in Madhesh United are from the Netherlands

काठमाडौँ — मधेश युनाइटेडले वात्सल्य एभरेस्ट महिला भलिबल लिगका लागि नेदरल्यान्ड्सकी प्रतिभाशाली आउट साइड हिटर कर्स्टेन वेसेल्सलाई अनुबन्ध गरेको छ ।

मधेशले वेसेल्सलाई तेस्रो विदेशी खेलाडीको रूपमा घोषणा गरेको हो । यसअघि मधेशले नेदरल्यान्डकै रोमी भिनस्ट्रा र डानिक आर्डेमालाई अनुबन्धित गरेको थियो ।

१८६ सेन्टिमिटर अग्ली वेसेल्स स्पाइकमा अब्बल छिन् । २६ वर्षीया वेसेल्सले घरेलु क्लब ‘एलएसभी लपर्सुम’ भलिबल करियर सुरु गरिन् । उनी नेदरल्यान्ड्सको सबैभन्दा सफल क्लबमध्ये एक ‘स्लिड्रेच्ट स्पोर्टमा’ अनुबन्धित थिइन् । उनले त्यहाँबाट राष्ट्रिय उपाधि जित्नुका साथै युरोपियन प्रतियोगितामा दमदार प्रदर्शन गरेकी छन् ।

हाल उनी सुडोसा–डेस्टो क्लबमा खेल्छिन् । वेसेल्सले नेदरल्यान्ड्सको यु–१९ र यु–२० राष्ट्रिय टोलीबाट युरोपियन तथा विश्व च्याम्पियनसिप खेलेकी छन् । नेपालमा उनको सहभागिताले टोलमिा नयाँ आयाम दिने र नेपाली महिला भलिबलको स्तर उकास्न र युवा खेलाडीलाई प्रेरित गर्ने मधेश युनाइटेडको अपेक्षा छ ।

भदौ २० देखि २८ गते पोखरामा हुने लिगमा मधेश युनाइटेडको मार्की खेलाडी निरुता ठगुन्ना रहेकी छन् ।

कान्तिपुर

Link copied successfully