एनपीएल आगामी मंसिरमा हुने

प्रतियोगिता आगामी मंसिर १ देखि २७ गतेसम्म हुने नेपाल क्रिकेट संघ (क्यान) द्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत जनाएको छ । प्रतियोगिताका लागि खेलाडीको मिनी अक्सन यसअघि नै सम्पन्न भइसकेको छ ।

भाद्र ५, २०८२

कान्तिपुर संवाददाता

NPL will be held next November

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिरमा हुने भएको छ ।

प्रतियोगिता आगामी मंसिर १ देखि २७ गतेसम्म हुने नेपाल क्रिकेट संघ (क्यान) द्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत जनाएको छ । प्रतियोगिताका लागि खेलाडीको मिनी अक्सन यसअघि नै सम्पन्न भइसकेको छ । 

गत वर्ष मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना भएको पहिलो संस्करणको एनपीएल सफल भएसँगै दोस्रो संस्करणमा धेरैको ध्यान आकर्षित भएको छ । एनपीएलमा हाल आठ वटा टोली छन् । जसमा विराटनगर किङ्ग्स, जनकपुर बोल्टस्, चितवन राइनोज, काठमाडौँ गुर्खान, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स छन् । 

एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्टस्‍ले जितेको थियो । एनपीएलको दोस्रो संस्करणको तयारीस्वरुप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नति भइरहेको छ । हाल प्याराफिट निर्माण भइरहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully