जेभियर अपराजित रहँदै समूह ‘ए’ विजेता तथा सीसीआरसी समूह ‘बी’ को उपविजेता भएर अगाडि बढे ।
काठमाडौँ — जेभियर कलेज र क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज छात्र बास्केटबलमा सेमिफाइनलमा पुगेका छन् । जेभियर अपराजित रहँदै समूह ‘ए’ विजेता तथा सीसीआरसी समूह ‘बी’ को उपविजेता भएर अगाडि बढे ।
रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा जेभियरले ग्रिनफिल्ड नेसनल कलेजलाई ७४–६१ स्कोरले पराजित गर्यो । जेभियरका साइरस मगरले २४ स्कोर जोडे । ग्रिनफिल्ड समूह उपविजेता भएर सेमिफाइनल पुग्यो । सीसीआरसीले टाइम्स कलेजलाई ५७–५१ ले हराउँदा तुसार महर्जनले २६ स्कोर गरे । सीसीआरसीको भेट जेभियरसँग हुनेछ । ग्रिनफिल्डले समूह ‘बी’ को विजेता प्रिमियरसँग खेल्नेछ ।
ग्यालेक्सीको जितमा न्यान्सीको स्कोर
ज्ञान निकेतन र पिपुल्स एकेडेमीले तेस्रो न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबलको सिनियर ब्वाइजमा जित पाएका छन् । ज्ञानले हार्टल्यान्ड एकेडेमीलाई ५८–४५ ले र पिपुल्सले गुरुकुलमलाई ३२–१० स्कोरले हराए । आयोजक न्यु जेनिथले आनन्दकुटीलाई २४–१८, नवोदितले भ्याली भ्युलाई ४७–३६, मनास्लुले एनआईसी एकेडेमीलाई ३८–२९, ग्यालेक्सी पब्लिकले वीरसेवालाई १७–१५ र कन्स्टिलेसनले पुष्पसदनलाई ५७–५१ स्कोरले हराए । सिनियर गर्ल्समा जेसिसले पुष्पसदनलाई २२–९ र ग्यालेक्सीले न्यु जेनिथलाई ३४–३ ले पन्छाए । जेसिसकी अनिभा महर्जनले १४ र ग्यालेक्सीकी न्यान्सी श्रेष्ठले १० स्कोर गरे ।
