अमेरिकाबाट ‘स्पोर्ट्स डिप्लोमेसी–स्पोर्ट्स फर सोसल चेन्ज’ कार्यक्रमअन्तर्गत परिषद्मा आएका १२ जना प्रतिनिधिमण्डलसँगको भेटमा सदस्य–सचिव घिसिङले उक्त धारणा राखेका हुन् ।
काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले पारा खेलकुदको विकासमा परिषद्ले विशेष ध्यान दिँदै आएको बताएका छन् ।
अमेरिकाबाट ‘स्पोर्ट्स डिप्लोमेसी–स्पोर्ट्स फर सोसल चेन्ज’ कार्यक्रमअन्तर्गत परिषद्मा आएका १२ जना प्रतिनिधिमण्डलसँगको भेटमा सदस्य–सचिव घिसिङले उक्त धारणा राखेका हुन् । उनले पेरिस ओलम्पिकमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले कांस्य पदक जितेपछि नेपालमा पारा खेलकुदको दायरा अझै फराकिलो बनेको जानकारी गराएका थिए ।
त्यसअघि टोलीलाई सदस्य–सचिव घिसिङ, राष्ट्रिय टिम तयारी निर्देशक ओलम्पियन दीपक विष्ट, राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठ, सचिवालय प्रमुख फणिन्द्र पौड्यालले स्वागत गरेका थिए । नेपालमा एडप्टिभ स्पोर्ट्स प्रवर्द्धन र खेल आदान–प्रदानका सम्भावनाबारे अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रमका स्थानीय साझेदार तथा बीआईए इन्स्टिच्युटका कार्यकारी निर्देशक गोकर्ण ढुंगानाले स्पोर्ट्ससम्बन्धी आदान–प्रदान कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए ।
