डच भलिबल खेलाडी रोमीले मधेशबाट खेल्ने

मधेशले भिनस्ट्रालाई पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो । नेदरल्यान्ड्सको महिला भलिबलमा नयाँ पुस्ताका रोमी आउटसाइड हिटर हुन् ।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

Romi, a Dutch volleyball player, will play for Madhesh

काठमाडौँ — मधेश युनाइटेडले दोस्रो वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लूभीएल) का लागि नेदरल्यान्ड्सकी रोमी भिन्स्ट्रालाई अनुबन्ध गरेको छ ।

मधेशले भिनस्ट्रालाई पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो । नेदरल्यान्ड्सको महिला भलिबलमा नयाँ पुस्ताका रोमी आउटसाइड हिटर हुन् । उनले सन् २०२१/२२ सिजनदेखि नेदरल्यान्ड्सकै शीर्ष डिभिजनअन्तर्गत क्लब सुडोसा–डेस्टोका लागि खेल्छिन् । १८८ सेन्टिमिन्टर अग्लो कदकी भिन्स्ट्रा टोलीको आक्रमण र रक्षा दुवैमा भरोसायोग्य खेलाडी रहेको युनाइटेडको भनाइ छ ।

मधेश युनाइटेडको मार्की खेलाडी निरुता ठगुन्ना छिन् भने ब्रान्ड एम्बासडरमा अभिनेत्री नीति शाह रहेकी छन् ।

भदौ २० देखि २८ पोखरामा हुने लिगका लागि मधेशले आरती सुवेदी, कोपिला राना, सरस्वती कट्टेल, उषा विष्ट, बबिता बोहरा, बसन्ती साउद र स्नेहा ठगुन्नालाई अनुबन्ध गरेको छ । प्रशिक्षकमा पूर्व राष्ट्रिय खेलाडी  कोपिला उप्रेती रहेका छन् । ६ फ्रेन्चाइज टोलीमै उनी एक्लो महिला प्रशिक्षक हुन् ।  

कान्तिपुर

Link copied successfully