तेस्रो नखिपोट फुटसल हुने, विजेताले सवा लाख जित्ने

प्रतियोगितामा ५० देखि ६० टिमको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष जंगबहादुर सुनुवारले सोमबार पत्रकार सम्मेलनमा बताए ।

भाद्र २, २०८२

कान्तिपुर संवाददाता

The third match will be futsal, the winner will win 1.5 million

काठमाडौँ — नखिपोट युथ क्लबको आयोजनामा तेस्रो नखिपोट खुला पुरुष फुटसल प्रतियोगिता असोज ३ देखि हुनेछ ।

प्रतियोगितामा ५० देखि ६० टिमको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष जंगबहादुर सुनुवारले सोमबार पत्रकार सम्मेलनमा बताए ।

विजेताले १ लाख २५ हजार तथा उपविजेताले ६५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीलाई १५ हजार पुरस्कार दिइने छ । उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही ७ हजार पुरस्कार पाउनेछन् । 

प्रतियोगिताका लागि करिब ५ लाख २९ हजार खर्च हुने क्लबका कोषाध्यक्ष सुजन राईले बताए ।

दुईदिने प्रतियोगिताका खेल नखिपोटस्थित फुटसल भिलेजमा हुनेछ । क्लबले आकर्षक नगद पुरस्कार राशिको बास्केटबल र फुटबल पनि आयोजना गर्दै आइरहेको छ ।

युवामा फुटसल तथा खेलकुद संस्कृतिको प्रवर्द्धन गर्ने, प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्न प्लेटफर्म प्रदान गर्ने, खेल मार्फत स्थानीय समुदायबीच आपसी सद्भाव र एकता सुदृढ गर्ने, स्थानीय स्तरमा खेल पर्यटनको सम्भावना बढाउने उद्देश्यले प्रतियोगिता गरिएको उपाध्यक्ष इन्द्रजित लिम्बूले जानकारी गराए ।

कान्तिपुर संवाददाता

Link copied successfully