बास्केटबलमा जेभियर र ग्रिनफिल्ड विजयी

रोयल स्पोर्ट्स सेन्टरमा भएको खेलमा जेभियरले कान्जिरोवालाई ५८–३४ स्कोरले पराजित गर्‍यो । जेभियरका कुशल गुरुङले १२ स्कोर गरे ।

श्रावण ३०, २०८२

कान्तिपुर संवाददाता

Xavier and Greenfield win in basketball

काठमाडौँ — जेभियर कलेज र ग्रिनफिल्डले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेका छन् ।

रोयल स्पोर्ट्स सेन्टरमा भएको खेलमा जेभियरले कान्जिरोवालाई ५८–३४ स्कोरले पराजित गर्‍यो । जेभियरका कुशल गुरुङले १२ स्कोर गरे ।

सुशान्त कार्कीको २१ स्कोरमा ग्रिनफिल्डले गोल्डेनगेट कलेज ‘ए’ लाई ६३–५१ ले हरायो । पहिलो र दोस्रो क्वाटरमा १६–१५ र १८–११ को अग्रता लिएको ग्रिनफिल्ड तेस्रोमा ८–१३ ले पछि पर्‍यो । ग्रिनफिल्डले चौथो क्वाटरमा २१–१२ को स्कोर गर्दै जित निकाल्यो ।

अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सीको आयोजनामा भइरहेको प्रतियोगितामा बर्नहार्ट र प्रिमियर विजयी भए ।

बर्नहार्टले टाइम्स कलेजमाथि ५६–४६ को पायो । बर्नहार्टका अनिश गुरुङले १७ स्कोर जोडे ।  प्रिमियरले गोल्डेनगेट ‘बी’ लाई ५३–३० ले हराउँदा अश्विन चालिसेले २१ स्कोर गरे ।  

प्रतियोगिताको नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले उद्घाटन गरे । ११ टिम सहभागी प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् । मोस्ट भ्यालुएबल प्लेयरलाई ५ हजारबाट पुरस्कृत गरिने छ ।

कान्तिपुर संवाददाता

Link copied successfully