पीएसजीलाई यूईएफए सुपर कप

निर्धारित समय २–२ को बराबरीमा रह्यो । दुवै अवसरमा पीएसजीले पुनरागमन रचेको हो । कुनै पनि फ्रान्सेली क्लबले सुपर कप जितेको यो नै पहिलो पटक हो ।

श्रावण ३०, २०८२

एएफपी

UEFA Super Cup to PSG

What you should know

युडिनेसी — युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार यूईएफए सुपर कपको उपाधि जित्दै आफ्नो उत्कृष्ट लय कायम राखेको छ । नयाँ सिजनको पहिलो उपाधि जित्ने क्रममा टोलीले युरोपा लिग विजेता टोटनहमलाई टाइब्रेकरमा ४–३ ले हराएको हो ।

‘यो जितप्रति हामीलाई गर्व छ, किनभने हामीले खासै धेरै तयारी नगरेर पनि यो सफलता हात पार्‍यौं,’ पीएसजीका कप्तान मारक्विन्होजले भने । 

उनले थपे, ‘खेलको मुख्य विशेषता भन्नु नै टिमको बलियो मानसिक आधार रह्यो । सबैलाई थाहा छ, फुटबल शारीरिक खेल मात्र होइन । ठीक समयमा ठीक प्रदर्शन गर्नु सक्नु नै सबैभन्दा ठूलो हो, त्यो भनेको मानसिक रणनीति हो । टोटनहमले भने दुई गोलको अग्रता लिएपछि आरामले खेल्न थालेको थियो । यसले हामीलाई आक्रमण गर्न छुट दियो ।’ 

निर्धारित समय २–२ को बराबरीमा रह्यो । दुवै अवसरमा पीएसजीले पुनरागमन रचेको हो । कुनै पनि फ्रान्सेली क्लबले सुपर कप जितेको यो नै पहिलो पटक हो ।सन् २०२५ मा पीएसजीले जितेको उपाधि संख्या ५ पुगेको छ । पीएसजी क्लब वर्ल्डकपको फाइनलमा भने चेल्सीसँग पराजित भयो । इटालीको युडिनेजीमा भएको यसपल्टको खेलमा भने टोटनहम उपाधितर्फ उन्मुख देखिएको थियो । 

पहिलो हाफमा मिकी भान डे भेन र क्रिस्टियन रोमेरोले गोल गरेपछि टोटनहम २–० ले अगाडि थियो । त्यसपछि पीएसजीबाट ली काङ–इनले ८५ औं मिनेटमा पहिलो गोल फर्काए भने इन्ज्युरी समयको चौथो मिनेटमा गोन्जालो रोमोसले बराबरी गोल गरे । टाइब्रेकरमा भने नुनो मेन्डिजले फ्रान्सेली च्याम्पियनका लागि निर्णायक गोल गरेसँगै टिमको पुनरागमन पूरा भएको थियो । 

नयाँ प्रशिक्षकका रूपमा थोमस फ्रान्क आएयता टोटनहम सुखद सुरुआत लिन असफल रह्यो । खेलपछि उनले भने, ‘मलाई लाग्छ, हाम्रो प्रदर्शन राम्रो नै रह्यो । सबैलाई थाहा छ, पीएसजी कति धेरै विश्वस्तरीय टिम हो भनेर । 

मलाई लाग्छ, अहिल पीएसजी जत्तिको राम्रो टिम छैन । हामी पराजित रह्यौं, तर यो खेलमा धेरै सकारात्मक पक्ष छन् । त्यसैले सबै प्रदर्शनमा खुसी हुने कारण छन् ।’

एएफपी

Link copied successfully