धुलिखेलले हक्कीलाई २ सय रोपनी जग्गा दिने

नगरपालिकाले वडा १२ मा करिब २ सय रोपनी जग्गा ४० वर्षका लागि लिजमा दिने सम्झौता भएको महासचिव श्रेष्ठले बताएकी छन् ।

श्रावण २९, २०८२

कान्तिपुर संवाददाता

Dhulikhel will give 200 ropani land to hockey

काठमाडौँ — धुलिखेल नगरपालिकाले हक्कीको पूर्वाधार बनाउनका लागि नेपाल हक्की संघलाई जग्गा उपलब्ध गराउने भएको छ । त्यसका लागि हक्की संघ र धुलिखेल नगरपालिकाबीच बिहीबार सम्झौता भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य तथा हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र धुलिखेल नगरपालिका मेयर अशोक ब्यान्जुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नगरपालिकाले वडा १२ मा करिब २ सय रोपनी जग्गा ४० वर्षका लागि लिजमा दिने सम्झौता भएको महासचिव श्रेष्ठले बताएकी छन् ।

प्राप्त जग्गामा हक्कीको रंगशाला, होस्टेलसहितको एकेडेमी र प्रशिक्षणस्थल निर्माण गरिनेछ । १ हजार क्षमताको प्यारापिट पनि बनाइने श्रेष्ठले बताइन् ।

कान्तिपुर

Link copied successfully