आयोजक रेडियन्ट रिडर्स एकेडेमीको मैदानमा भएको खेलबाट विजेता बनेको डीएभीले विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार पाए ।
काठमाडौँ — डीएभीले प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगितामा बिहीबार एलआरआईलाई ५१ रनले पराजित गर्दै उपाधि जितेको छ ।
आयोजक रेडियन्ट रिडर्स एकेडेमीको मैदानमा भएको खेलबाट विजेता बनेको डीएभीले विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार पाए ।
डीएभीले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ८४ रन बनायो । डिएभीका प्रसिद्ध जैसीले १३ बलमा ३७ र फरहान अन्सारीले ६ बलमा ११ रन जोडे । एलआरआईका कप्तान अभि थपलियाले ३ विकेट लिए ।
जवाफमा एलआरआई ९.४ ओभरमा अलआउट हुँदै ३३ रनमा समेटियो । अभिले ६ रन जोडे । बलिङमा प्रसिद्ध जैसीले ३ र कमल शाहीले २ विकेट लिए ।
डीएभीका प्रसिद्ध प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । उनले १ सय ३५ रन बनाउनुका साथै ८ विकेट लिएका थिए । प्रसिद्ध नै उत्कृष्ट ब्याटर चुनिए । एलआरआईका अभि थपलिया उत्कृष्ट बलर बने ।
विजेतालाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह, रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डीके ढुंगानालगायतले पुरस्कृत गरे । आयोजकका दुईसहित १५ टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
