२९ वर्षीया एलिना अपोजिट हिटर हुन् । एलिनाले काजखस्तानको भिसी कौन्यास र अरु अस्तानाबाट खेलिसकेकी छन् । उनले एभीसी महिला च्याम्पियन्स लिगसमेत खेलिसकेकी छन् ।
काठमाडौँ — काठमाडौं स्पाइकर्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिगका लागि काजकिस्तानकी एलिना कोलोतीजिनालाई अनुबन्ध गरेको छ ।
स्पाइकर्सले दोस्रो विदेशी खेलाडीको रूपमा उनको नाम घोषणा गरेको हो । यसअघि बुल्गेरियन सेटर निकोभा निकोलाएभासँग अनुबन्धन गरेको थियो ।
२९ वर्षीया एलिना अपोजिट हिटर हुन् । एलिनाले काजखस्तानको भिसी कौन्यास र अरु अस्तानाबाट खेलिसकेकी छन् । उनले एभीसी महिला च्याम्पियन्स लिगसमेत खेलिसकेकी छन् ।
दुई विदेशी किकोभा र एलिनालाई अनुबन्ध गरेपछि टिम अझ सन्तुलित र बलियो हुने स्पाइकर्सले बुधबार जनाएको छ । पहिलो सिजनमा काठमाडौंमा टर्की र बुल्गेरियाका विदेशी खेलाडीले खेलेका थिए ।
एभरेस्ट महिला भलिबल लिगमा तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । लिगको दोस्रो सिजन भदौ २० देखि २८ सम्म पोखरामा हुनेछ ।