प्रतियोगितामा नेपाली टिम दोस्रो भएको थियो ।
काठमाडौँ — नेपाली वादोरियो करातेका खेलाडीले पाँचौं खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा चार स्वर्ण र एक रजत पदक जितेका छन् । प्रतियोगितामा नेपाली टिम दोस्रो भएको थियो ।
श्रीलंकाको रत्नापुरामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुष ८४ केजीमुनि पासाङ ग्याल्जेङ थोक्रा, ५२ केजीमुनि निशान घले तथा महिलातर्फ ६१ केजीमुनि उर्सला पहरी र ५० केजीमुनि अर्पणा मगरले स्वर्ण पदक जितेका थिए । पुरुष ४० केजीमुनि आरोन शेरचनले रजत पदक जितेका थिए ।
नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसीको नेतृत्वमा रहेको नेपाली टोलीमा अफिसियल राजकुमार कार्की रहेका थिए ।
