खेल १० ओभरमा हुने प्राविधिक प्रमुख रवीन्द्र गुप्ताले बताए । एक टिममा १० खेलाडी हुनेछन् भने ८ जनाले खेल्न पाउनेछ ।
काठमाडौँ — रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिता सोमबार सुरु हुने भएको छ ।
प्रतियोगितामा आयोजकको दुईसहित १५ छात्र टिमको सहभागिता रहने आयोजक एकेडेमीका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले बिहीबार पत्रकार सम्मेलनमा बताए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ ।
समूह ‘ए’ मा एलआरआई, डिएभी, संस्कृति र ब्लूबर्ड तथा समूह ‘बी’ मा अपी, ग्यालेक्सी, मनकामना र विश्व निकेतन छन् । भ्याली पब्लिक, गेट्वे, मोक्षदा र रेडियन्ट ‘बी’ टिम समूह ‘सी’ मा छन् भने बालकुञ्ज, मृगसिरा वर्ल्ड र रेडियन्ट ‘ए’ समूह ‘डी’ मा परेका छन् ।
खेल १० ओभरमा हुने प्राविधिक प्रमुख रवीन्द्र गुप्ताले बताए । एक टिममा १० खेलाडी हुनेछन् भने ८ जनाले खेल्न पाउनेछ ।
विजेताले ३० हजार र उपविजेताले १५ हजार पुरस्कार पाउने छन् । प्रतियोगिता गर्न करिब २ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । चारदिने प्रतियोगिताका खेल आयोजकको सानेपामै रहेको रेडियन्ट क्रिकेट एकेडेमीमा खेलाइने छ ।
संस्थापक प्रिन्सिपल ढुंगानाले विद्यार्थीलाई खेलकुदको माध्यमबाट पनि अगाडि बढाउन रेडियन्टले खेलकुदको विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए । उनले प्रतियोगिताले क्रिकेटको प्रवर्द्धनमा थोरै भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
