६ सदस्यीय नेपाली टोली शुक्रबार क्वालालम्पुर जानेछ ।
काठमाडौँ — मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता खेल्नका लागि नेपालका ४ खेलाडीले भाग लिने भएका छन् ।
मलेसियाको क्वालालम्पुरमा अगस्ट ९ र १० तारिखमा हुने प्रतियोगिताको पुरुष ४० केजीमुनि केनिश खड्का, ५६ केजीमुनि आयुश बोहरा, ६६ केजीमुनि गोविन्द योञ्जन तामाङ र ७४ केजीमुनि सन्दीप बस्नेतले प्रतिस्पर्धा गर्नेछन् । आयुशले एकल पुम्सेमा खेल्नेछन् ।
६ सदस्यीय नेपाली टोली शुक्रबार क्वालालम्पुर जानेछ । टोली प्रमुखमा महेन्द्रराज घिमिरे तथा प्रशिक्षकमा श्रीकृष्ण खड्का छन् । टोलीलाई बुधबार राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले बिदाइ गरे ।
