भुटानसँग नेपालको निराशाजनक बराबरी

थिम्पुको चाङलिमिथाङ रंगशालामा भएको खेलका दुवै गोल पहिलो हाफमा भएको थियो । यस नतिजासँगै दुवै टिम एक एक अंकमा रहे ।

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

Nepal's disappointing draw with Bhutan

काठमाडौँ — नेपालले यू–२० वुमेन्स एसियनकप छनोटमा बुधबार भुटानसँग १–१ को निराशाजनक बराबरी खेलेको छ ।

थिम्पुको चाङलिमिथाङ रंगशालामा भएको खेलका दुवै गोल पहिलो हाफमा भएको थियो । यस नतिजासँगै दुवै टिम एक एक अंकमा रहे ।

समूह ‘ए’ मा तीन पल्टको विश्व च्याम्पियन तथा दुई पल्टको एसियाली च्याम्पियन उत्तर कोरिया शीर्ष स्थानमा रहेको छ । उसले बुधबारको पहिलो खेलमा साउदी अरेबियालाई १५–० ले पराजित गरेको थियो । उत्तर कोरियाको तीन अंक छ भने साउदी अरेबिया शून्य अंकमा रह्यो ।

दिनको दोस्रो खेलमा नेफालले ४० सेकेन्डमै अग्रता लिएको थियो । सुक्रिया मियाले दिएको क्रस सदुपयोग गर्दै सेनु परियारले नेपालका लागि गोल गरिन् । भुटानले १८ औं मिनेटमा बराबरी गोल फर्काएको थियो र यो केल्देन वाङ्मोको नाममा रह्यो ।

नेपालले केही साता अगाडि बंगलादेशमा भएको यू–२० वुमेन्स साफ च्याम्पियनसिपमा भुटानविरुद्धका दुई खेल सजिलै जितेको थियो । त्यसमध्ये पहिलो खेलमा नेपाल ६–१ ले विजयी रहेको थियो भने दोस्रोमा ८–० को जित हात परेको थियो । नेपालले भुटानविरुद्ध यसपल्ट त्यस्तै प्रदर्शन दोहराउन सकेन् । 

कान्तिपुर संवाददाता

Link copied successfully