अगस्ट ७ र ८ मा हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौँ — पाँचौं खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली वादोरियो कराते टोली बुधबार श्रीलंकाको रत्नापुरा जाने भएको छ ।
अगस्ट ७ र ८ मा हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेङ, ५२ केजीमुनि निशान घले र ४० केजीमुनि आरोन शेरचनले प्रतिस्पर्धा गर्नेछन् । महिला ६१ केजीमुनि उर्सला पहरी र ५० केजीमुनि अर्पणा मगरले खेल्नेछन् ।
प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसी र अफिसियलमा राजकुमार कार्की छन् ।
टोलीलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वमन्त्री शक्ति बस्नेतलगायतले बिदाइ गरे । दाहालले वादोरियो करातेले विगत जस्तै यो प्रतियोगितामा पनि पदक जित्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिए ।
