एसियन बक्सिङमा नेपालको पदक पक्का

थाइल्यान्डमा भइरहेको एसियन बक्सिङमा अप्रिल सेमिफाइनलमा पुगेपछि कांस्य पदक सुनिश्चित भएको छ।

श्रावण १९, २०८२

कान्तिपुर संवाददाता

Nepal's medal in Asian Boxing is confirmed

काठमाडौँ — नेपालका अप्रिल रानाले एसियाली बक्सिङ च्याम्पियनसिपको पुरुष यू–२२ उमेर समूहमा कम्तीमा कांस्य पदक जित्ने पक्का गरेका छन् ।

५० केजी तौलसमूहमा अप्रिल सेफिफाइनल पुगेसँगै कांस्य पदक पक्का भएको बक्सिङंका अन्तराष्ट्रिय को–ओर्डिनेटर तथा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले जनाएका छन् ।

एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैंककमा भइरहेको प्रतियोगितामा अप्रिल भुटानी बक्सर किन्ले फुन्चोलाई ४ः१ (स्प्लिट) अंकको आधारमा पराजित गर्दै सेमिफाइनल पक्का गरेका हुन् । यसअघि अप्रिलले साउदी अरेबियाका इब्राहिमलाई ५–० ले हराएर   क्वाटरफाइनलमा तय गरेका थिए ।

अप्रिलले अगस्ट ६ मा जापानका बक्सर सोदाई कोटोसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । कोटोले फिलिपिनी बक्सरलाई ५–० ले हराएर सेमिफाइनल यात्रा गरेका छन् ।

कान्तिपुर

Link copied successfully