एथलेटिक्स अध्यक्षमा राजीवको निरन्तरता

कर्णाली प्रदेशका मन्त्री शाहले एथलेटिक्स संघमा तेस्रो पटक अध्यक्ष पद जितेका छन्। उपाध्यक्षमा कोमल वलीसहित अन्य ६ जना चयन भए।

श्रावण १४, २०८२

कान्तिपुर संवाददाता

Rajeev's continuation as Athletics President

काठमाडौँ — राजीवविक्रम शाहलाई पुनः अध्यक्ष चुन्दै नेपाल नेपाल एथलेटिक्स संघको कार्यसमिति चयन भएको छ । राजधानीमा बुधबार सम्पन्न साधारणसभाबाट अध्यक्ष शाहसहित सबै कार्यसमिति निर्विरोध चुनिएको हो ।

कर्णाली प्रदेशका आर्थिक तथा योजना मामिला मन्त्री रहेका शाह एथलेटिक्समा तेस्रो पटक अध्यक्ष भएका हुन् ।

उपाध्यक्षमा कोमल वलीसहित ६ जना चुनिएका छन् भने महासचिवमा सन्जिव तुलाधर निर्वाचित भएका छन् । सचिवमा राधाकृष्ण विष्ट (आरके) र कोषाध्यक्षमा मोहनबहादुर घले चुनिए । अन्य उपाध्यक्षमा जगतसिंह धामी, शैलेन्द्र खनाल, सन्तोषकुमार ढकाल, तेजेन्द्र थापा र गजबहादुर गुरुङ रहेका छन् ।

त्यस्तै सदस्यमा अञ्जु चौधरी, दिलबहादुर बम, नन्दु काउचा, अनिरुद्रकुमार चौधरी र मोहम्मद जाउल हक, शिवलाल आचार्य र पद्मा चौधरी चुनिएका छन् ।

उक्त साधारण सभामा अन्तर्राष्ट्रिय प्रतिनिधिमा एसियाली एथलेटिक्स संघ (एएए) का महासचिव ए शुग्गुमारान र एएएका कम्पिटिसन कमिसनका सदस्य सिके भाल्सन सहभागी भएका थिए ।

बुधबारै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले साधारणसभाको उद्घाटन गरेका थिए ।  

कान्तिपुर संवाददाता

Link copied successfully