दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

श्रावण १२, २०८२

कान्तिपुर संवाददाता

Prime Minister's instructions to prepare for the 10th National Sports Competition

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन खेलको पूर्वसन्ध्यामा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तत्काल थाल्न निर्देशन दिएका हुन्। उनले प्रतियोगिताको मिति र स्थान गहिरो अध्ययनपछि मात्र निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न आग्रह गरे ।

परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय आवश्यक रहेकोमा जोड दिए।

छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र सदस्यसचिव टङ्कलाल घिसिङलगायत सहभागी थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully