चौथो टेस्ट बराबरीमा

श्रावण १२, २०८२

कान्तिपुर संवाददाता

Fourth Test tied

म्यानचेस्टर (एएफपी) — इंग्ल्यान्ड र भारतबीच ओल्ड ट्राफोर्डमा भएको चौथो टेस्ट आइतबार बराबरीमा टुंगिएको छ । इंग्ल्यान्डले ६ सय ६९ रन बनाएपछि भारत पहिलो इनिङ्सका आधारमा ३ सय ११ रनले पछाडि रहेको थियो ।

भारतले चौथो दिनको सुरुआतमा खाता खोल्नुअघि नै यशस्भी जैसवाल र साई सुदर्शनलाई गुमाएको थियो । तर कप्तान शुवमन गिल, रवीन्द्र जडेजा (तस्बिरमा) र वासिङटन सुन्दरले शतक बनाएपछि भारत ४२५–४ को स्थितिमा पुगेको थियो । यस स्थितिमा दुवै टोली टेस्ट बराबरीमा टुंग्याउन सहमत भए । गिल र केएल राहुलले दोस्रो विकेटमा १ सय ८८ तथा जडेजा र सुन्दरले पाँचौं विकेटमा २ सय ३ रनको अविजित साझेदारी गरेपछि भारत टेस्ट जोगाउन सफल भएको हो । भारतले यस टेस्ट गुमाएको भए इंग्ल्यान्डले पाँच टेस्टको शृंखला ३–१ को अग्रतामा शृंखला जित्ने थियो । 

Fourth Test tied

इंग्ल्यान्डका कप्तान बेन स्टोक्स प्लेयर अफ द म्याच भए । उनले इंग्ल्यान्डको इनिङ्समा १ सय ४१ रन बनाउनुका साथै भारतको पहिलो इनिङ्समा ७२ रन खर्चेर ५ विकेट लिए । टेस्ट क्रिकेटमा ७ हजार रन बनाउनुका साथै २ सय विकेट लिने वेस्ट इन्डिजका ग्यारी सोबर्स र दक्षिण अफ्रिकाका ज्याक कालिसपछि स्टोक्स तेस्रो खेलाडी बनेका छन् । 

इंग्ल्यान्डकै जोइ रुटले १ सय ५० रन बनाउँदै अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङलाई उछिनी टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully