विश्व बुदोकैदोमा नेपाली खेलाडीलाई १० पदक

प्रतियोगिताको महिला ४० केजीमा पूजा खड्का, ५५ केजीमा बबिता कार्की र पुरुष ७० केजीमा रोचक भारतीले दोहोरो स्वर्ण जितेका थिए ।

श्रावण १२, २०८२

कान्तिपुर संवाददाता

10 medals for Nepalese athletes in the World Budokaido

काठमाडौँ — नेपाली खेलाडीले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा ८ स्वर्ण र २ रजत पदक जितेको छ ।

अजरबैजानको बाकुमा साउन ८ देखि १२ सम्म भएको प्रतियोगिताको महिला ४० केजीमा पूजा खड्का, महिला ५५ केजीमा बबिता कार्की र पुरुष ७० केजीमा रोचक भारतीले दोहोरो स्वर्ण जितेका थिए ।

टोलीका प्रशिक्षक तथा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघका अध्यक्ष वीरकृष्ण महर्जनअनुसार पुरुष ७५ केजीमा सागर विष्ट र ८५ केजीमा सुदर्शन खतिवडाले १–१ स्वर्ण र रजत जितेका थिए ।

कान्तिपुर

Link copied successfully