अन्तर विद्यालय पौडी सुरु

श्रावण १०, २०८२

कान्तिपुर संवाददाता

Inter school swimming begins

काठमाडौँ — नेपाल पौडी संघको आयोजनामा प्रथम अन्तर विद्यालय उमेरसमूह पौडी प्रतियोगिता शनिबार सुरु भएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा दुई दिने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरे । सदस्य–सचिवले पौडीको विकास/विस्तारमा विद्यालय र अभिभावकको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गरे ।

प्रतियोगितामा २ सय ५० खेलाडीको सहभागिता छ । प्रतियोगिताले विद्यालय तहमा पौडी खेलको विकासमा सहयोग पुग्ने विश्वास रहेको प्रतियोगिता संयोजक मुखिया लामाले बताए ।

पहिलो दिन २६ स्पर्धाको फाइनल भयो । पहिलो दिन भएका स्पर्धाका विजयी खेलाडीलाई नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, संयोजक मुखिया लामा र मातृका अस्पतालका प्रबन्ध निर्देशक सोना प्रधानलगायतले पुरस्कार प्रदान गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully