नयाँ नाम र लोगोमा आयो काठमान्डु गोर्खाज

श्रावण ८, २०८२

कान्तिपुर संवाददाता

Kathmandu Gorkhaj comes with a new name and logo

What you should know

काठमाडौँ — ‘आयो गोर्खाली’ भन्ने सन्देश बोकेको काठमान्डु गोर्खाजले आफ्नो नाम र लोगो परिवर्तन गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोलीले सिजन २ अगाडि व्यवस्थापकीय पक्षमा परिवर्तन गरेको जनाएको हो ।

 गत वर्ष भएको पहिलो सिजनमा टोलीले काठमान्डु गुर्खाजको नामबाट खेलेको थियो ।

काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको गोर्खाजले आफ्नो लोगो पनि परिवर्तन गरेको छ । गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया, प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरी र मार्की खेलाडी एवं कप्तान करण केसीले बिहीबार आयोजित कार्यक्रममा नयाँ लोगो  अनावरण गरेका थिए । 

यसअघिको लोगोमा ब्याटिङ गरिरहेको चित्र थियो । नयाँ लोगोमा उपत्यकाका ऐतिहासिक सम्पदाहरू समेटिएका छन् । क्रिकेट मैदानमा खेलिने भएकाले गोर्खाज अब सम्पदा केन्द्रित भएर पनि अगाडि बढ्ने प्रमुख कार्यकारी अधिकृत ठकुरीले जनाए । एनपीएलको सिजन २ आउन लागेको समयमा मानिसहरूले परिवर्तन खोजेको र यो परिवर्तनका लागि परिवर्तन नभई अहिलेको आवश्यकता भएको उनले जनाए । 

Kathmandu Gorkhaj comes with a new name and logo

‘खेल्ने काम खेलाडीको हो, खेलाउने काम प्रशिक्षकको होला । व्यवस्थापकीय पक्षबाट हामीले जे परिवर्तन गर्न सक्छौं, त्यसका लागि जोडतोडका साथ लागेका छौं,’ ठकुरीले लोगो परिवर्तनको कारण दिँदै भने, ‘वागमती प्रदेशअन्तर्गत क्रिकेटका चार जिल्लाहरू काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोट केन्द्रित छौं, लोगोमा हामीले काष्ठमण्डप, न्यातपोल र कृष्ण मन्दिर समेटेका छौं ।’ 

Kathmandu Gorkhaj comes with a new name and logo

हस्पिटालिटी पार्टनरका लागि ललितपुरको ग्वार्कोमा अवस्थित नयाँ पाँचतारे होटल रोयल टुलिपसँग यसअघि नै गोर्खाजले सम्झौता गरेको थियो । रोयल टुलिपका जनरल म्यानेजर बलराम पाठकले होटल क्षेत्रको अनुभवका आधारमा सन् १९९९ यता नेपाली क्रिकेटले लामो यात्रा तय गरिसकेको जनाए । उनले क्रिकेट पर्यटनको सम्भावना अझै राम्रो रहेको बताए । 

Kathmandu Gorkhaj comes with a new name and logo

काठमान्डु गोर्खाजले वर्ल्ड लिंकसँग प्रमुख प्रायोजक रूपमा सम्झौता गरिसकेको छ । वर्ल्ड लिंकका कार्यकारी निर्देशक मनोज अग्रवालले नेपाली क्रिकेटले प्रायः सबै कुनाकाप्चालाई छोइसकेको हुनाले यसबाट आफूहरू टाढा बस्न नसकिने भएकाले काठमान्डु गोर्खाजबाट नेपाली क्रिकेटमा जोडिएको जनाए । वर्ल्ड लिंकले सञ्चालन गरिरहेको ‘बिट द स्पिड’ कार्यक्रममा ठूलो संख्यामा खेलाडीको सहभागिता रहेकाले आफूहरू अझै उत्साहित भएको अग्रवालको भनाइ थियो । 

काठमान्डु गोर्खाजले मोन्टी देसाईलाई आफ्नो मुख्य प्रशिक्षकमा नियुक्ति गरिसकेको छ । मोन्टीलाई साथ दिन प्रशिक्षकमा वसन्त शाही, टेक्निकल एनालिस्टमा सुरज शाक्य र फिजियोमा पुरन तिरुवालाई निरन्तरता दिएको गोर्खाजले जनाएको छ । गोर्खाजले एनपीएलको पहिलो सिजनबाट मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई ‘रिटेन’ गरिसकेको छ । मोन्टीले नेपाली क्रिकेटलाई धेरै दिइसकेको र उनीसँग फेरि काम गर्न आफू आतुर रहेको मार्की खेलाडी करणले बताए । 

Kathmandu Gorkhaj comes with a new name and logo

त्यस्तै गोर्खाजको ट्रेनिङ पार्टनरको रूपमा थन्डर बोल्ट क्रिकेट एकेडेमी रहेको छ । जेम्स स्कुलद्वारा सञ्चालित थन्डर बोल्ट स्कुल हाताभित्र फ्लडलाइटमा ट्रेनिङ गर्न मिल्ने गरी टिम लागिरहेको छ । 

क्यानका सचिव पारस खड्काले प्रतियोगिताका लागि साढे ३ महिनामात्र बाँकी रहेकाले जोडतोडले तयारी सुरु भइसकेको बताए । पहिलो सिजन आफूले सोचेभन्दा निकै बृहत हिसाबमा सम्पन्न भएकाले दोस्रो सिजन अझ भव्य हुने आशा उनले लिएका छन् । 
Kathmandu Gorkhaj comes with a new name and logoतस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर 

उनले एनपीएलको दोस्रो सिजन सुरु हुनु अघि के के गतिविधि हुन्छन्, त्यो महत्त्वपूर्ण हुने र त्यसमा काठमाडौं गोर्खाजले सुरुआत गरेको जनाए । एनपीएलका केही खेलहरू फ्लडलाइटमा हुने सम्भावना रहेको पनि उनले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully