काठमाडौँ — एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाली चिकित्सक राजु डंगोल महर्जनलाई बिहीबार सिल्भर मेडलले सम्मान गरेको छ ।
मलेसियाको क्वालालम्पुरमा आयोजना भइरहेको आठौं एएफसी मेडिकल सम्मेलनका अवसरमा उनलाई ‘एएफसी डिस्टिङगुस्ड सर्भिस अवार्ड–सिल्भर’ प्रदान गरेको हो । नेपाली फुटबलसँग आवद्ध डंगोललाई यस खेलसँग जोडिएको चिकित्सकीय क्षेत्रमा दुई दशकभन्दा लामो समय सेवा गरेकोमा यो सम्मान गरेको हो । उनले एएफसीले आयोजना गरेको फुटबलसम्बन्धी विभिन्न चिकित्सकीय प्रशिक्षणमा सहभागी भइसकेका छन् र यसक्रममा नेपाली फुटबलसम्बन्धी विशेषज्ञ चिकित्सक रहेका छन् ।
यसअघि एएफसीले नेपालका अर्का चिकित्सक अजय राणालाई पनि सम्मान गरिसकेका छ । नेपाली चिकित्सकमध्ये डंगोल यस्तो सम्मान पाउने दोस्रो हुन् ।
