इनर ह्विलबाट एरिका र अञ्जना सम्मानित

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

Erica and Anjana from Inner Wheel honored

काठमाडौँ — एसियाली खेलकुदकी रजत विजेता कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अञ्जना रानामगर मंगलबार भक्तपुर मध्यपुरमा नगदसहित सम्मानित भएका छन् ।

कराते वान प्रिमियर लिगमा कांस्य, थाइल्यान्ड ओपन र युएस ओपनमा स्वर्ण तथा एसियन च्याम्पियनसिपमा रजत जितेकी एरिका र फुटबलकी स्टार अञ्जनालाई मध्यपुरस्थित इनर ह्विल क्लबले २५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको थियो । नेपाली खेलकुदमा उल्लेखनीय योगदान गरेवापत दुवै खेलाडीलाई डा. सृष्टि उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको थियो ।

क्लबकी संस्थापक तथा इनर ह्विल डिस्ट्रिक्ट ३५० की उपाध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले खेलाडीलाई सम्मान गर्दै खेलकुदमा महिला सहभागिता र सफलताप्रति सम्मान गर्न पाउनु आफ्ना गौरवको विषय रहेको बताइन् । उनले आगामी वर्षमा पनि यस्ता उदाहरणीय खेलाडीलाई सम्मानित गर्ने क्रमलाई जारी राख्ने प्रतिबद्धता जनाइन् ।

सम्मानित दुवै खेलाडीले निजी स्तरबाट हुने यस्ता सम्मानले आफूहरूलाई देशप्रति अझ समर्पित भएर खेल्न उर्जा मिल्ने बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully