शारीरिक अपांगताको विश्व चेस च्याम्पियनसिपमा विश्वविजय  

श्रावण ५, २०८२

कान्तिपुर संवाददाता

World Victory in the World Chess Championship for the Physically Handicapped

What you should know

काठमाडौँ — शारीरिक अपांगता भएका व्यक्तिहरूको २४ औं विश्व व्यक्तिगत चेस च्याम्पियनसिप (आईपीसीए) भारतमा सोमबार सुरु भएको छ ।

विश्व बुद्धिचाल महासंघको तत्वावधानमा शारिरिक रूपमा अशक्त चेस फेडेरेसन (सीएफपीडी) र विशेष रूपमा सक्षम गोवा चेस एसोसिएसन (जीसीएएसए) को संयुक्त आयोजनामा जुलाई ३१ सम्म गोवामा चल्ने प्रतियोगितामा नेपालका विश्वविजय घिमिरेले भाग लिएका छन् ।

 ५५ वर्षे उनको सहभागिता लागि मेची नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ । यस वर्ल्ड च्याम्पियनसिपमा नेपालका आर्बिटर यज्ञप्रसाद पन्त निर्णायकको भूमिकामा रहनेछन् । कुनै पनि वर्ल्ड च्याम्पियनसिपमा निर्णायकको रूपमा नेपाली आर्बिटरको यो पहिलो सहभागिता हो ।

शारीरिक अपांगता भएका बुद्धिचाल खेलाडीको वर्ल्ड च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, काजकिस्तान, चीन, इजरायल, फ्रान्स, रुस, पोल्यान्ड, स्लोभाकिया, हंगेरी, चेकोस्लोभाकिया, मंगोलिया, फिलिपिन्स, अजरबैजान, उज्वेकिस्तानलगायतका गरी ९७ खेलाडी सहभागी छन् ।

कान्तिपुर

Link copied successfully