What you should know
काठमाडौँ — त्रियोग हाई स्कुलको आयोजनामा पाँचौं त्रियोग अन्तरस्कुल चेस प्रतियोगिता आइतबार सुरु भयो । अन्तर्राष्ट्रिय चेस दिवसका अवसरमा स्विस लिग प्रणालीमा सञ्चालित सो प्रतियोगितामा ६० विद्यालयका करिब ४ सय विद्यार्थीको सहभागिता रहेको विद्यालयले जानकारी दिएको छ ।
दुईदिने कार्यक्रमअन्तर्गत पहिलो दिन छनोट खेल भए । हरेक स्पर्धामा शीर्ष २० स्थान पाउनेको बीचमा दोस्रो दिन खेल हुनेछ । प्रतियोगिता कुल ८ स्पर्धा समावेश गरिएका छन् । ३ कक्षासम्म, कक्षा ४ र ५, कक्षा ६ र ७ तथा कक्षा ८ देखि १० सम्मका छात्र तथा छात्राको स्पर्धा समावेश गरिएका छन् । प्रतियोगिताको विद्यालयका प्रमुख कार्यकारी निर्देशक अजित लामाले उद्घाटन गरे ।
