त्रियोग चेसमा प्रसियस र ओस्कार विजयी

श्रावण ५, २०८२

कान्तिपुर संवाददाता

Prussius and Oscar win in triad chess

What you should know

काठमाडौँ — पाँचौं त्रियोग अन्तर स्कुल चेस प्रतियोगिताको सोमबार सम्पन्न कक्षा ८ देखि १० छात्रातर्फ मनकामनाकी प्रसियस अधिकारी र छात्रतर्फ पाठशालाका ओस्कार पन्त विजयी भए ।

छात्रामा मार्भलियसकी कृष्टि रिजाल दोस्रो र डीएभीकी प्रज्ञा पन्त तेस्रो भए । छात्रमा पुष्पबाटिकाका स्पर्नमान श्रेष्ठ दोस्रो र माृतभूमिका सविद प्रजापति तेस्रो भए ।

त्रियोग हाइस्कुलले स्विस लिग प्रणालीमा आयोजना गरेको प्रतियोगितामा ६० विद्यालयका करिब ४ सय विद्यार्थीको सहभागिता थियो । कुल ८ स्पर्धामध्ये कक्षा १ देखि ३ सम्म युरो स्कुल, ४ र ५ कक्षातर्फ अन्नपूर्ण स्कुल, ६ र ७ कक्षातर्फ निःसर्ग बाटिका तथा ८ देखि १० कक्षासम्म मनकामना स्कुल विजेता बनेका थिए ।

कक्षा १ देखि ३ छात्रामा युरोका रुबेस्री चौलागाईं र आद्रिसी भट्टराई तथा अन्नपूर्णका रिहाना श्रेष्ठ र छात्रमा काठमाडौं गुरुकुलका सुनभ ओझा, रातो बंगलाका शुभंग प्रधान र निस्टका कविनसिंह रावत शीर्ष तीन स्थानमा विजयी भए । कक्षा ४ र ५ छात्रामा फ्युचर स्टारका ग्लोसी श्रेष्ठ, आईडब्लूएसकी अग्रता आचार्य र अन्नपूर्णकी तृष्टिना बस्नेत तथा छात्रमा माछापुच्छ्रेका साहस श्रेष्ठ, दीपज्योतिका मन्दिप आलेमगर र ल्याब स्कुलका अंकुर पोखरेल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । 

छात्रा ६ र ७ मा मार्भलियसका निहाना श्रेष्ठ पहिलो, त्रियोगकी श्रीयसी तुलाधर दोस्रो र विश्व निकेतनकी उज्भानी कणेल तेस्रो भए । छात्रतर्फ पुष्प सदनका हार्दिक पन्त पहिलो, निःसर्ग बाटिकाका सात्विकमान तुलाधर दोस्रो र प्रसित खनाल तेस्रो भए । 

कान्तिपुर संवाददाता

Link copied successfully