नेपाली खेलाडीलाई कोरियामा ८ स्वर्ण

श्रावण ५, २०८२

कान्तिपुर संवाददाता

Nepalese athletes won 8 gold medals in Korea

What you should know

काठमाडौँ — दक्षिण कोरियामा भएको सोङनाम ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ८ स्वर्ण जितेका छन् । सोङनाम सहरमा नेपाल एपीएफ तेक्वान्दो टोलीका नीरज देउवाले स्वर्ण जिते । उनले ८७ केजीमा स्वर्ण जितेका हुन् ।

अन्य स्वर्ण नेपाली पुलिस टोलीका खेलाडीहरूले जिते । ४० वर्षमुनिमा सीता तामाङ र जितबहादुरले व्यक्तिगत र टोलीमा स्वर्ण जिते । ३० वर्षमुनिमा शर्मिला लामाले तथा टोलीमा प्रेमबहादुर लिम्बू र अन्जन चौधरीले स्वर्ण जिते । 

सोङनामा सहरमा जुलाई १९ र २० मा भएको प्रतियोगितामा ४५ देशका झन्डै २ हजार खेलाडीले भाग लिएका थिए । प्रतियोगितामा नेपालका अन्तर्राष्ट्रिय निर्णायक राजु क्षत्रीले जजको भूमिका निभाएका थिए । 

कान्तिपुर

Link copied successfully