डाना कप खेल्न टोली डेनमार्कतिर

श्रावण ३, २०८२

कान्तिपुर संवाददाता

Team to Denmark to play Dana Cup

What you should know

काठमाडौँ — युवा फुटबल प्रतियोगिता डाना कपमा सहभागिता जनाउने काष्ठमण्डप विद्यालय र लुम्बिनी फुटबल एकेडेमीको टोली शनिबार डेनमार्क गएको छ ।

काष्ठमण्डपले यू–१४ र लुम्बिनीले यू–१६ उमेर समूहमा प्रतिस्पर्धा गर्नेछ ।  २० खेलाडी र तीन अफिसियल गरी टोली २३ सदस्यीय छ । काष्ठमण्डपको प्रशिक्षकमा सन्तोष न्यौपाने छन् । लुम्बिनीको प्रशिक्षण जिम्मेवारी विजय महर्जनले सम्हालेका छन् ।

युरोपियन फुटबल महासंघको मान्यताप्राप्त डाना कपमा यसपालि ७० भन्दा बढी देशका १ हजार बढी युवा खेलाडीले भाग लिने जनाइएको छ ।

डाना कप सन् १९८२ देखि सुरु भएको युवा फुटबल प्रतियोगिता हो ।

कान्तिपुर

Link copied successfully