सुदूरपश्चिमसँग एसपीए निरन्तर

श्रावण १, २०८२

कान्तिपुर संवाददाता

SPA continuous with Far West

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि धनगढीस्थित एसपीए कलेजसँगको साझेदारीलाई निरन्तरता दिएको छ । पहिलो सिजनमा पनि सुदूरपश्चिम रोयल्ससँग जोडिएको एसपीएले अहिले थप दुई सिजन यो साझेदारी कायम रहने जनाएको छ ।

धनगढीमा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार विकास समितिका अध्यक्षसमेत रहेका एसपीएका प्रबन्ध निर्देशक सुभाष शाहीले खेलकुदले युवालाई प्रेरणा दिने ठूलो क्षमता राख्ने जनाउँदै सुदूरपश्चिम रोयल्ससँगको सहकार्यले कक्षा कोठाबाहिर पनि सहयोग गर्ने अवसर दिएको बताएका छन् ।

एसपीए कलेजले नेपाल यू–१६ टोलीको तर्फबाट मलेसियामा भएको एसीसी यू–१६ इस्ट जोन कप जिताउन योगदान दिएका सुदूरपश्चिमका क्रिकेटर सचिन भट्ट र सुशील रावललाई सम्मान गरेको थियो । सुशील सिजन १ मा गरिएको ट्यालेन्ट हन्टमार्फत सुदूरपश्चिममा छनोट भएका थिए ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आफ्नो टोलीको समर्थन रहने जनाए । एसपीए कलेजले सुदूरपश्चिमाञ्चल एकेडेमी पनि सञ्चालन गर्दै आएको एसपीएले शिक्षा र खेलकुदसँगै अघि बढाइरहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully