काठमाडौँ — आईएसटीएफ विश्व च्याम्पियनसिपको ३८ औं संस्करणमा भाग लिन ८ खेलाडीसहित १३ सदस्यीय नेपाली सेपाकताक्रो टोली शनिबार थाइल्यान्ड जाने भएको छ ।
खेलाडीमा रोशन तामाङ (कप्तान), पदमबहादुर ठाडा मगर, सुजन थिङ, राजन नेपाली, सनम पुर्जा पुन र मिजास लामा छन् । महिला खेलाडीमा सुमित्रा डंगोल र निरु थापा मगर छन् ।
जुलाइ २२ देखि २८ तारिखसम्म हुने प्रतियोगितामा नेपालले रेगु, क्वाड्रेन्ट, मिक्स क्वाड्रेन्ट र हुपताक्रो स्पर्धामा प्रतिस्पर्धा गर्नेछ ।
अफिसियल/व्यवस्थापकमा नेत्रप्रसाद गुरुङ, प्रशिक्षकमा अक्कल तामाङ र टेकबहादुर बुढामगर, निर्णायकमा मेघराज तोलङ्गी र आईटीओमा नेसिर मास्के छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार बिदाइ गरे ।
