लुम्बिनीको सीईओमा भावना

श्रावण १, २०८२

कान्तिपुर संवाददाता

Bhavna in CEO of Lumbini

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले बुधबार भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ । घिमिरे यसअघि नेपाल क्रिकेट संघ (क्यान) मा पनि सीईओको रूपमा रहेकी थिइन् ।

उनको नियुक्तिले लुम्बिनी लायन्सको रणनीतिक योजना, संस्थागत व्यवस्थापन तथा दीर्घकालीन लक्ष्यलाई थप स्पष्ट दिशा दिने लायन्सको अपेक्षा छ । क्यानबाट अलग भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रतियोगिताहरूमा परामर्शदाताको रूपमा कार्य गर्दै आएकी घिमिरेको साथले लायन्सको व्यवस्थापन अझ सुदृढ बन्ने टोलीले विश्वास जनाएको छ ।

लायन्सका अध्यक्ष ईश्वर जिसीले घिमिरेको अनुभव, नेतृत्व क्षमता र क्रिकेटप्रतिको समपर्णले लुम्बिनी लायन्सलाई नयाँ उचाइमा पुर्‍याउने बताए । राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लायन्सले एनपीएल पहिलो सिजनमा खासै प्रभाव जमाउन सकेको थिएन । टोली अंकतालिकामा पुछारमा थियो ।

कान्तिपुर

Link copied successfully