काठमाडौँ — हिमालयन चेस एकेडेमीले शनिबार राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता गर्ने भएको छ ।
त्यसमा २ सय खेलाडीले प्रतिस्पर्धा गर्ने एकेडेमीले जनाएको छ । एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बूका अनुसार एकदिने प्रतियोगितामा खुलासहित १७ स्पर्धामा ६७ हजार रुपैयाँ पुरस्कार रहेको छ ।
नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका सदस्य रहेका राजेन्द्र केसी भोटेबहाल युवा क्लबका पूर्वअध्यक्ष हुन् । उनको २०७७ जेठ २५ मा निधन भएको थियो । उनका धर्मपत्नी वन्दना खड्काले बालबालिका अनुशासित बनेसँगै बौद्धिक विकासमा सहयोग पुग्ने भएकाले उहाँको स्मृतिमा चेस प्रतियोगिता गर्न लागेको बताइन् ।
