महिला भलिबल लिगको अक्सन साउन २ मा

असार ३०, २०८२

कान्तिपुर संवाददाता

Women's Volleyball League auction on July 2

काठमाडौँ — नेपाली भलिबलमा पहिलो पटक फ्रेन्चाइज महिला भलिबल लिगका लागि खेलाडीको अक्सन हुने भएको छ । वात्सल्य एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) को दोस्रो संस्करणलाई साउन २ मा अक्सन गरिने छ ।

नेपाली महिला भलिबलमा यो गौरवको क्षण हुने लिग आयोजक इन्फिनिटी ड्रिम्सले जनाएको हो । प्रत्यक्ष बोलकबोलमार्फत फ्रेन्चाइज टोलीहरूले राष्ट्रिय स्टार खेलाडीदेखि नवप्रतिभा र उदाउँदा खेलाडीलाई आफ्नो टिममा किन्ने अवसर पाउने छ । यो प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र पूर्ण रूपमा प्रतिभामा आधारित हुनेछ आयोजकको विश्वास छ ।

‘यो अक्सन मात्र नभई नेपाली महिला भलिबलका लागि ऐतिहासिक यात्रा हो,’ आयोजकले भनेको छ, ‘खेलाडीहरू अब व्यावसायिक संरचनाभित्र प्रवेश गर्दै छन्, जहाँ उनीहरूको सीप, बजार मूल्य र पहिचानले संस्थागत मान्यता पाउनेछ ।’

अक्सन काठमाडौंमै हुनेछ । महिला भलिबल नयाँ युगमा प्रवेश गर्ने आयोजकको विश्वास छ । इन्फिनिटी ड्रिम्सकी सीईओ स्नेभी चापागाईंले यो अक्सनलाई नेपाली महिला भलिबलको व्यावसायिक यात्राको महत्त्वपूर्ण मोडको रूपमा हेरिएको बताइन् । उनले भनिन्, ‘नेपाली भलिबल इतिहासमा यो ऐतिहासिक कार्यक्रम हुनेछ ।’

भदौ २० देखि हुने दोस्रो संस्करण लिगमा साबिक विजेता कर्णाली यश्विजसहित गण्डकी थन्डर्स, चितवन शक्ति, ललितपुर क्विन्स, काडमाडौं स्पाइकर्स र मधेश युनाइटेडको सहभागिता रहनेछ । पहिलो संस्करणको उपाधि कर्णाली यश्विजले जितेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully