थ्री बाई थ्री बास्केटबल मंगलबारदेखि

असार ३०, २०८२

कान्तिपुर संवाददाता

Three by three basketball from Tuesday

काठमाडौँ — काठमाडौं जेभियर्स पब्लिक स्कुलको आयोजनामा दोस्रो काठमाडौं जेभियर्स पब्लिक थ्री बाई थ्री बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुनेछ ।

प्रतियोगितामा ६४ टिमको सहभागिता रहने काठमाडौं जेभियर्सका संस्थापक प्रिन्सिपल आरबी अधिकारीले सोमबार पत्रकार सम्मेलनमा बताए । सिनियर ब्वाइज र जुनियर ब्वाइजमा २४–२४ तथा सिनियर गर्ल्समा १६ टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

दुवै समूहका विजेताले ७ हजार र उपविजेताले ५ हजार पुरस्कार पाउने काठमाडौं जेभियर्सका ईसीए इन्चार्ज खड्ग केसीले जनाए ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार खर्च हुने काठमाडौं जेभियर्सका बास्केटबल प्रशिक्षक विकास बोटेले बताए । हाल जापानमा रहेका पूर्व विद्यार्थी सन्जिव मगरले प्रायोजन गरेको प्रिन्सिपल अधिकारीले बताए ।

बिहीबारसम्म चल्ने प्रतियोगिताका खेल आयोजककै कोर्टमा खेलाइने छ ।  

कान्तिपुर

Link copied successfully