लन्डन — महिला विश्व नम्बर एक आर्यना सबालेन्का विम्बल्डन टेनिसको सेमिफाइनलमा स्तब्ध भएकी छन् । उनी बिहीबार १३ औं वरीयताकी अमेरिकी खेलाडी अमान्डा एनिसिमोभासँग पराजित भइन् ।
अमेरिकी खेलाडी ६–४, ४–६, ६–४ को रोमाञ्चक जित हासिल गर्दै पहिलो पटक विम्बल्डन फाइनलमा पुगेकी छन् ।
सेन्टर कोर्टमा चर्को तापक्रमबीच खेलिएको सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेकी एनिसिमोभाले पहिलो विम्बल्डन ट्रफी उचाल्ने सबालेन्काको लक्ष्यमा बाधा पुर्याइन् ।
२३ वर्षीया एनिसिमोभाले शनिबार हुने फाइनलमा पोल्यान्डकी आठौं वरीयताकी इगा स्वाटेक वा स्विस खेलाडी ३५ वर्षीया बेलिन्डा बेन्सिकबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् ।
