बेन्सिक र स्वाटेक विम्बल्डन सेमिफाइनलमा

असार २६, २०८२

एएफपी

Bencic and Swatek in the Wimbledon semifinals

लन्डन — स्विट्जरल्यान्डकी बेलिन्डा बेन्सिक र पोल्यान्डकी इगा स्वाटेक बुधबार विम्बल्डनको सेमिफाइनलमा पुगेका छन् ।

बेन्सिकले सातौं वरीयताकी रुसी खेलाडी मिरा एन्ड्रिभालाई ७–६ (७/३), ७–६ (७/२) ले हराएर पहिलो पटक विम्बल्डन सेमिफाइनल पुगेकी छन् ।

उनले आफ्नो सपना साकार भएको बताएकी छन् । पूर्वओलम्पिक च्याम्पियन बेन्सिकले बच्चा जन्माएको एक वर्षभन्दा कम समयपछि अल इंग्ल्यान्ड क्लबमा उत्कृष्ट प्रदर्शनको दिएकी छन् । २८ वर्षीया उनले अप्रिल २०२४ मा छोरी बेलालाई जन्म दिएकी थिइन् । तर आमा बनेपछि कोर्टमा फर्किएपछि उनी विश्व वरीयताको ३५ औं स्थानमा पुगेकी थिइन् ।

यस वर्ष बेन्सिकले सेन्टर कोर्टमा २ घण्टाभन्दा बढी समयको रोमाञ्चक क्वाटरफाइनल भिडन्तमा एन्ड्रिभालाई पन्छाइन् । अब विश्व नम्बर ४ मा पुगिसकेकी बेन्सिकले शनिबार हुने फाइनलमा पुग्नका लागि पाँच पटककी ग्रान्ड स्लाम च्याम्पियन इगा स्वाटेकको सामना गर्ने छिन् ।

‘यो अविश्वसनीय छ । मेरो सपना साकार भएको छ । मैले खेलका समयमा यसबारे सोच्ने प्रयास नै गरिनँ । म निःशब्द छु,’ बेन्सिकले भनिन् । बेन्सिकको यसअघि सन् २०१९ को यूएस ओपनमा सेमिफाइनल पुग्न एकमात्र ग्रान्ड स्लाम अन्तिम चारको यात्रा थियो । उनले टोकियो ओलम्पिकमा एकल स्वर्ण जितेकी थिइन् । २७ वर्षपछि मार्टिना हिंगिसयता विम्बल्डनको सेमिफाइनल पुग्ने उनी पहिलो स्विस महिला हुन् । उनी लन्डनमा आफ्नो अघिल्ला ८ भ्रमणमा अन्तिम १६ पार गर्न असफल भइरहेकी थिइन् ।

१८ वर्षीया एन्ड्रिभाले सन् २००७ मा निकोल वैदिसोभापछि सबैभन्दा कान्छी महिला खेलाडीको रूपमा विम्बल्डन क्वाटरफाइनल खेलेकी थिइन् । रुसकी पराजित हुने अर्की खेलाडीमा रहिन् ल्युडमिला सामसोनोभा । पोल्यान्डकी स्वाटेकसँ हार भोगिन् । आठौं वरीयताकी पोलिस खेलाडीले सन् २०२२ मा फ्रेन्च ओपनसहित यूएस ओपन गरी चार उपाधि जितेकी छिन् । तर अल इंग्ल्यान्ड क्लबको ग्रान्ड स्लामका लागि संघर्ष गरिरहेकी छन् । विम्बल्डनमा उनको उत्कृष्ट नतिजा २०२३ मा क्वाटरफाइनलसम्म पुग्नु हो ।

स्वाटेकले कोर्ट १ मा १९ औं वरीयताकी सामसोनोभाविरुद्धको पहिलो सेटमा सहजै प्रभुत्व जमाइन् । एक घण्टा ४९ मिनेटमा जित हासिल गर्नुअघि दोस्रो सेटमा प्रतिस्पर्धात्मक खेल खेलिन् । ‘मलाई एकदमै गर्व महसुस भइरहेको छ । म धेरै खुसी छु र आफैंप्रति गर्व गरिरहेछु । अझै निरन्तर अगाडि बढ्नु छ,’ स्वाटेकले भनिन् ।

एएफपी

Link copied successfully