साफ यू–२० खेल्ने नेपाली टोलीको बिदाइ

असार २४, २०८२

कान्तिपुर संवाददाता

Farewell to the Nepali team playing SAFF U-20

काठमाडौँ — नेपाली यू–२० महिला राष्ट्रिय फुटबल टोलीले बंगलादेशमा साफ यू–२० च्याम्पियनसिप खेल्ने भएको छ ।

ढाका जाने नेपाली यू–२० टोलीलाई मंगलबार बिदाइ सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिदाइ गरियो । जुलाई ११ देखि २२ सम्म हुने च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, भुटान र श्रीलंकाको मात्र सहभागिता रहनेछ ।

डबल राउन्ड रोबिनका आधारमा हुने च्याम्पियनशिपको शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । उक्त च्याम्पियनसिपका लागि बिर्सना चौधरीको कप्तानीमा टोली घोषणा गरिएको छ ।

पहिलो पटक उपाधि जित्ने लक्ष्यमा रहेको नेपालले जुलाई ११ मा भुटानसँग खेल्दै च्याम्पियनसिप सुरु गर्नेछ । जुलाई १३ मा घरेलु टोली बंगलादेश र जुलाई १५ श्रीलंकाको सामना गर्नेछ । अर्को राउन्डअन्तर्गत जुलाई १७ मा श्रीलंका, जुलाई १९ मा भुटान र जुलाई २१ मा बंगलादेशसँग खेल्ने तालिका छ ।  

Farewell to the Nepali team playing SAFF U-20

नेपाल पुलिस क्लबकी बिर्सनाले टिम सन्तुलित रहेकाले राम्रो प्रदर्शन गर्ने बताइन् । टोलीका मुख्य प्रशिक्षक याम गुरुङले नेपालको लक्ष्य उपाधि रहेको स्पष्ट पारे ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राईलगायतले टोलीको बिदाइ गरे ।

टोलीको सहायक प्रशिक्षकमा सन्देश श्रेष्ठ र किरण कार्की, गोलकिपर प्रशिक्षकमा मीनबहादुर बस्नेत र टिम म्यानेजरमा इन्दु दुवाल छन् ।

नेपाली टोलीका खेलाडीमा बिर्सना चौधरी (कप्तान) सहित लीला जोशी, करुणा बुढाथोकी, अनिशा राई, अस्मिता गुरुङ, वर्षा ओली, गंगा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, कुसुम खतिवडा, मनीषा सेन, माया मास्के, मीना देउवा, पूर्णिमा राई, समिक्षा मगर, सरिताकुमारी नाथ, सेमिहाङ्मा लिम्बू, सेनु परियार, सिमरन राई, सीता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया र सुशीला केसी रहेका छन् ।

कान्तिपुर

Link copied successfully