इन्डोर महिला हक्कीमा आर्मी च्याम्पियन

असार २१, २०८२

कान्तिपुर संवाददाता

Army Champion in Indoor Women's Hockey

काठमाडौँ — पहिलो पटक भएको राष्ट्रिय महिला फाइभ ए साइड इन्डोर हक्की प्रतियोगितामा नेपाल आर्मी क्लब विजेता भएको छ ।

भक्तपुरको थिमिस्थत मिडभ्याली कलेजमा शनिबार फाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई २–० गोलले पराजित गरेको हो । सेमिफाइनलमा आर्मीले कोशी प्रदेशलाई ६–० र सुदूरपश्चिमले गण्डकी प्रदेशलाई २–१ गोलले हराएका थिए ।  

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले पुरस्कार गरे । विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगितामा ८ गोल गरेकी सुदूरपश्चिम प्रदेशकी आशिका एसके सर्वाधिक गोलकर्ता भइन् । प्लेयर अफ द टुर्नामेन्ट आर्मीकी सरस्वती तामाङ भइन् । बेस्ट डिफेन्डरमा सुदूरपश्चिमकी पूर्णिमा नेगी, बेस्ट गोलकिपरमा आर्मीकी कुश्मा रानामगर र उदीयमान खेलाडीमा बागमतीकी सपना तामाङ चुनिए । विधागत उत्कृष्टलाई ट्रफी प्रदान गरिएको नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले बताइन् ।

कान्तिपुर संवाददाता

Link copied successfully