अमेरिकी किज र जापानी स्टार ओसाका बाहिरिए

असार २०, २०८२

एएफपी

American Keys and Japanese star Osaka were eliminated

लन्डन — अस्ट्रेलियन ओपन च्याम्पियन अमेरिकी म्याडिसन किज र जापानी स्टार नाओमी ओसाका शुक्रबार विम्बल्डन टेनिसबाट बाहिरिएका छन् ।

छैटौं वरीयताप्राप्त म्याडिसन जर्मनीकी लाउरा सिग्मन्डबाट ६–३, ६–३ को सोझो सेटमा पराजित भइन् ।  

म्याडिसनभन्दा अघि शुक्रबारै जापानकी ओसाका पहिलो पटक विम्बल्डन टेनिसको चौथो चरणमा पुग्ने अवसरबाट चुकेकी थिइन् । उनी विश्व ५० औं वरीयताकी रुसी अनास्टासिया पाब्लुचेन्कोभासाग पराजित भएकी हुन् । कोर्ट २ मा पहिलो सेट ६–३ ले आफ्नो पक्षमा पारेर ओसाका बलियो स्थितिमा थिइन्, तर अन्ततः अन्तिम १६ मा पुग्ने उनको प्रयास असफल भयो । त्यसपछि पाब्लुचेन्कोभाले लगातार दुई सेटमा ६–४, ६–४ ले पुनरागमन गर्दै खेल जितिन् ।

चार पटककी ग्रान्ड स्लाम च्याम्पियन २७ वर्षीया ओसाकाले सन् २०२१ यता कुनै पनि प्रमुख जितेकी छैनन् ।  

३४ वर्षीया पाब्लुचेन्कोभा २०१६ मा विम्बल्डनको क्वाटरफाइनलमा पुगेकी थिइन् । पूर्व फ्रेन्च ओपन फाइनलिस्टले यसपालि त्यो दौडलाई पछ्याउने आशा राखेकी छन् ।

कोर्ट नम्बर ३ मा अमेरिकी अमान्डा एनिसिमोभाले हंगेरीकी डाल्भा गाल्फीविरुद्धको खेल जित्दै चौथो चरणको यात्रा गरेकी छन् । १३ औं वरीयताकी अमेरिकी खेलाडीले ६–३, ७–५, ६–३ को नतिजा निकालिन् ।  

एएफपी

Link copied successfully