महिला फाइभ ‘ए’ साइड हक्की हुने

असार १९, २०८२

कान्तिपुर संवाददाता

Women's Five 'A' side hockey

काठमाडौँ — नेपाल हक्की संघले पहिलो पटक राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हक्की प्रतियोगिता गर्ने भएको छ ।

नेपालमा पहिलोपल्ट फाइभ ए साइड इन्डोर हक्की प्रतियोगिता हुन लागेको हो । भक्तपुरको थिमिस्थित मिडभ्याली कलेजको फुटसलमा शनिबार इन्डोर हक्की हुनेछ । प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, सुदूरपश्चिम र आर्मी क्लब गरी ५ टोलीले प्रतिस्पर्धा गर्ने संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् । प्रतियोगिता विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

समूह ‘ए’ मा कोशी, बागमती र सुदूरपश्चिम तथा ’बी’ मा आर्मी, गण्डकी र मधेश छन् । प्रतियोगिता लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताका खेल कुल २० मिनेटको हुनेछ । उत्कृष्ट खेलाडीले ट्रफी पाउनेछ । विधागत उत्कृष्टमा गोलकिपर, डिफेन्डर, सर्वाधिक स्कोरर र इमर्जिङ प्लेयरले पनि ट्रफी पाउनेछन् ।

कान्तिपुर

Link copied successfully