काठमाडौँ — नेपाली उमा कुङफु खेलाडी भूपेन्द्र गुरुङ र सुदेन गुरुङले पदक जितेका छन् । बेलायतको चेल्टेनह्याममा भएको प्रतियोगितामा भूपेन्द्रले ३ स्वर्ण र सुदेनले रजत जितेका हुन् ।
भूपेन्द्रले ट्रेडिसनल चाइनिज फम्समा २६.७, ट्रेडिसनल वेप्पनमा २७ र ट्रेडिसनल क्रिएटिभ फम्समा २६.८ अंक जोड्दै स्वर्ण जितेका थिए ।
नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईका अनुसार सुदेनले ट्रेडिसनल चाइनिज फम्समा रजत जितेका हुन् । उनले २६.१ स्कोर गरे । सुदेनको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो । प्रतियोगितामा नेपालसहित जर्मनी, स्पेन, वेल्स, फ्रान्स, भारत, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, कोस्टारिका, इस्टोनियालयागत राष्ट्रबाट ४ सय १५ खेलाडीले सहभागिता जनाएको अध्यक्ष राईले बताए । भूपेन्द्रले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका छन् ।
