थाइल्यान्डमा एरिकासहित युवा खेलाडीलाई पदक

असार १४, २०८२

कान्तिपुर संवाददाता

Medals for young athletes including Erica in Thailand

काठमाडौँ — नेपाली कराते खेलाडी एरिका गुरुङले थाइल्यान्ड ओपन करातेमा स्वर्ण पदक जितेकी छन् ।

उनले सिनियर महिला ६८ केजीमाथि थाइल्यान्डकी चनकन खियोखामलाई पराजित गरेकी थिइन् । थाइल्यान्ड ओपन करातेमा नेपालका लागि अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरेका छन् । यू–१२ तर्फ ३७ केजी तौल समूहमा सम्पन्न बस्नेतले रजत जिते ।

कराते प्रशिक्षक कुशल श्रेष्ठका अनुसार सिनियर पुरुष ७५ केजीमा राजीव पुडासैनीले कांस्य जितेका छन् । सिनियर महिला कुमिते ६८ केजीमा कृतिका अधिकारी र ५५ केजीमा सविना श्रेष्ठ तेस्रो भए । ५० केजीमा वर्षा बुढामगर तेस्रो भइन् ।

यू–१४ तर्फ महिला ५२ केजीमा दिया तामाङ तेस्रो भइन् । पुरुष ४५ केजीमा आशिष हरिजन तेस्रो भए । यू–१४ पुरुषमा ५० केजीतर्फ प्रजल थापा तेस्रो भए । यू–१० तर्फ कातामा दीक्षा तामाङले काता र २६ केजीमाथि फाइटमा कांस्य जिते ।

कान्तिपुर

Link copied successfully