राजुकाजी र अरुणालाई एससीएसएमएफ स्पोर्ट्स अवार्ड

असार १३, २०८२

कान्तिपुर संवाददाता

SCSMF Sports Award to Rajukaji and Aruna

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान राजुकाजी शाक्य र नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी वर्तमान कप्तान अरुणा शाहीलाई यस वर्षको एससीएसएमएफ स्पोटर््स अवार्डबाट सम्मानित गरिएको छ ।

शरदचन्द्र शाह मेमोरियल फाउन्डेसन (एससीएसएमएफ) ले शुक्रबार पुरानो र नयाँ पुस्ताको सम्मानको रुपमा  राजुकाजी र अरुणालाई नगदसहित सम्मान गरेको हो ।

फाउन्डेसनकी अध्यक्ष रेणु शाहले अवार्डसहित उनीहरूलाई जनही २ लाख ५० हजार गरेकी थिइन् ।

फाउण्डेसनले गत वर्षदेखि नेपाली खेलकुदमा योगदान पुर्‍याएका एक पुराना र एक नयाँ खेलाडीलाई उक्त अवार्ड प्रदान गर्दै आएको छ । पहिलो वर्ष कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर र करातेकी एरिका गुरुङ सम्मानित भएका थिए ।

राजुकाजीले खेलाडी, कप्तान र प्रशिक्षकका रूपमा दक्षिण एसियाली खेलकुद (साग) फुटबलको स्वर्ण पदक जितेका छन् । उनले यसबाट आफूलाई राष्ट्रका लागि अझै केही गर्नुपर्ने प्रेरणा मिलेको बताएका छन् ।

नेपाली महिला भलिबलले अरुणाको कप्तानीमा ठूलो सफलता पाएको छ । उनको कप्तानीमा नेपालले एभीसी एसियन वुमन्स सेन्ट्रल जोन भलिबलमा उपाधि जितेको थियो । १३औं सागमा नेपालले उनकै कप्तानीमा रजत पदक जितेको थियो । अरुणाले यस किसिमको सम्मानले युवा पुस्ताका खेलाडीलाई खेलकुदमा लाग्न थप प्रेरणा मिल्ने बताइन् ।

कान्तिपुर

Link copied successfully