काठमाडौँ — किर्गिस्तान हाप्किडो फेडेरेसन र ग्लोबल हाप्किडो एसोसिएसनको सहकार्यमा किर्गिस्तानको बिस्केकमा आयोजित अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा नेपाली खेलाडीले २ स्वर्ण र १ रजत पदक जितेका छन् ।
यही जुन २४ र २५ तारिखमा भएकोक, पुरुष ५५–५९ केजी तौल समूहमा समीर गुरुङ र ६० केजीमाथि तौलमा राजेन्द्र तामाङले स्वर्ण पदक जितेको नेपाल हाप्किडो मार्सल आर्ट्स संघका अध्यक्ष कालीबहादुर घर्तीले जनाएका छन् । पुरुष ५१–५५ केजीमा सरोज गुरुङले रजत जितेका थिए ।
अध्यक्ष मगरले यो ऐतिहासिक जितले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली हाप्किडो खेलाडीको क्षमतालाई प्रमाणित गरेको बताएका छन् ।
