तेक्वान्दोका राज कोरिया र अशोक अस्ट्रिया जाने

असार १०, २०८२

कान्तिपुर संवाददाता

Taekwondo Raj to Korea and Ashok to Austria

काठमाडौँ — तेक्वान्दो खेलाडी राज दराईले दक्षिण कोरियाको मुजुमा हुने वर्ल्ड ओलम्पिक्स तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

जुन २९ देखि जुलाई २ सम्म हुने प्रतियोगितामा राजले पुरुष ६३ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । राज बुधबार दक्षिण कोरिया जाने छन् ।

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले अस्ट्रियन ओपन जी–२ पुम्से च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । प्रतियोगिता अस्ट्रियाको भियानामा यही जुन २८ र २९ मा हुनेछ । त्यसका लागि अशोक शुक्रबार अस्ट्रिया जानेछन् ।

दुवैलाई आईओएफटीसी नेपाल च्याप्टरका महासचिव गिरीबहादुर सुनार, तेक्वान्दोका पूर्व मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले मंगलबार बिदाइ गरेका थिए ।

गत महिना माल्दिभ्समा प्रशिक्षक तथा रेफ्री खड्काले साताव्यापी तेक्वान्दो प्रशिक्षण कार्यक्रम चलाएका थिए । माल्दिभ्सले तेक्वान्दो खेलाडी उत्पादनका लागि प्रशिक्षक प्रशिक्षण आयोजना गरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully